समुन्द्रको छेउमा ब्वायफ्रेन्डसंगको तस्बिर भाइरल भएपछि, गालि गर्नेलाई साम्राज्ञीले दिईन् नमिठो जवाफ

Spread the love
191 Views

काठमाडौं – अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको यति बेला चारै तिर आलोचना भइरहेको छ । इन्डोनेशियाको बालीको एक समुन्द्री किनारमा उनले प्रेमी देवाङ्क राणासँग खिचाएको अन्तरङ्ग तस्बिरका कारण उनको आलोचना भइरहेको हो ।इण्डोनेशिया भ्रमणमा रहेका बेला प्रेमी देवाङ्क राणासँग खिचिएको अन्तरङ्ग तस्बीर सार्वजनिक रुपमा राखेपछि सामाजिक संजालमा उनको व्यापक आलोचना भइरहेको बेला राम्रज्ञीले आफ्नो तर्फबाट जवाफ दिएकी हुन् ।


उनले सामाजिक सञ्जाल स्टाग्रामको स्टोरीमार्फत ‘हात्ती चले बजार, कुत्ते घुके हजार’ पोस्ट गर्दै यसको जवाफ दिएकी छन् ।उनले घुमाउरो पारामा आफुलाई आलोचना गर्ने माथि ‘कुकुर भुक्दै गर्छ, हात्ती लम्कदै गर्छ’ भन्न खोजेकी हुन् । ‘मारुनी’ र ‘रातोटिका निधारमा’ लगातार छायाँकन सकाइएकी साम्राज्ञी सुटिङको ह्याङ उतार्न केही दिन समयअगाडि बाली पुगेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *