बालाजुमा खुल्यो ‘स्कुटी रेष्टुरेण्ट’

Spread the love
85 Views

काठमाडौंको बालाजु बाइपासमा  भिन्न किसिमको रेष्टुरेण्ट सञ्चालनमा आएको छ।

युवापुस्तामा व्यवसाय गर्ने नयाँनयाँ अवधारणाको विकास हुने क्रममा अर्को अध्यायस्वरूप ‘स्कुटर रेष्टुरेण्ट’ सञ्चालनमा आएको छ। रेष्टुरेण्टको बाहिरपट्टि  दुई तलामा स्कुटी नै झुण्ड्याएर राखिएको छ भनेसँगै एउटा बोर्डमा ‘ओल्ड स्कुटी रेष्ट्रो’  लेखिएको छ।

रेष्टुरेण्टलाई नुवाकोट विदुर नगरपालिका स्थायी ठेगाना भई हाल काठमाडौं बस्दै आएका युवा व्यवसायी सरोज रिमालले खोलेका हुन्।

मेहेनत गरे आफ्नै देशमा गर्ने थुप्रै काम छन् भन्नेमा विश्वस्त रिमाल भन्छन्, ‘मैले रेष्टुरेण्ट व्यवसायमा थोरै नौलो ‘कन्सेप्ट’ मात्र ल्याउन खोजेको हुँ। अहिले एक सीट मात्र राखेको छु। स्थान अभावले पुरै स्कुटी सीट राख्न सकिनँ तर,भविश्यमा स्कुटी स्कुटीको सीट राख्ने योजना छ।’

नायक एवम् मोडल अनिल थापा र रिमा विश्वकर्माले संयुक्त रूपमा उक्त रेष्टुरेण्टको उद्घाटन गरेका हुन् ।

setopati बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *