धरानमा विद्युतीय लेखा प्रणाली

Spread the love
45 Views

धरान (अस) । स्थानीयस्तरबाट लिइने सेवाको राजस्व धरान उपमहानगरपालिकाले वडास्तरमै विद्युतीय लेखा प्रणालीबाट सङ्कलन गर्न थालेको छ । उपमहानगरको वडा नम्बर १७ र ४ बाट विद्युतीय लेखा प्रणाली शुरुआत गरेको हो । बुधवार धरानका मेयर तारा सुब्बाले उद्घाटन गरेको विद्युतीय लेखा प्रणालीबाट विविध शीर्षकमा लिइँदै आएको राजस्व अब वडा कार्यालयबाटै विद्युतीय प्रणालीबाट सङ्कलन गर्नेछ ।

उपमहानगरका राजस्व तथा आर्थिक प्रशासन महाशाखा प्रमुख भेषराज अधिकारीले धरानका दुई वडाबाट शुरू भएको यो प्रणाली आगामी साउनदेखि २० ओटै वडा कार्यालयमा शुरू गर्ने योजना रहेको बताए । यो प्रणालीले सेवाग्राहीको समयको बचत र पारदर्शिता कायम हुने उनले जानकारी दिए । यो प्रणालीबाट वडामा भएका आर्थिक गतिविधिहरू उपमहानगरको कार्यालयबाट हेर्न र नियमन गर्न सकिने उनले बताए ।आर्थिक अभियान बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *